Techie IT
KTM Post
सोमबार, ११ साउन, २०८३

सुनसरी घटनाका दोषीमाथि कारबाहीसहित सुरक्षा स्थिति मजबुत बनाउन सरकारलाई निर्देशन


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ ।

दुई समुदायबीच झडप र प्रहरीले गोली चलाएको घटनापछि विकसित अवस्थाबारे आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलले विज्ञप्ति निकालेर सद्भाव कायम गर्न अपील गर्नुभएको हो । विज्ञप्तिमा आयोग अन्तर्गत कोशी प्रदेश कार्यालय, विराटनगरको टोलीले प्रारम्भिक अनुगमन गरिरहेको उल्लेख छ ।

घटनाको विरोधमा ठाउँठाउँमा टायर बालिएको तथा चोकमा आन्दोलनकारीले लाठी, रडलगायतका सामग्री बोकेर प्रदर्शन गरिरहेका पाइएको आयोगले भनेको छ । अहिले स्थिति तनावग्रस्त भएको र सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन सुनसरीको कप्तानगञ्जमा सेना परिचालन गरिएको जानकारी प्राप्त भएको पनि आयोगले जनाएको छ ।

घटनापछि सुनसरीमा देखा परेको कमजोर शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, घटनाको अनुसन्धान गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार गर्न आयोगले सरकारलाई निर्देशन दिएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट