Techie IT
KTM Post
सोमबार, ११ साउन, २०८३

सुनसरीका यी ठाउँहरुमा अनिश्चितकालीन कर्फ्यु


काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागु हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् ।

प्रशासनले पूर्वमा इनरुवा नगरपालिका–३ र ६ को सीमास्थित महेन्द्र राजमार्गअन्तर्गत घोपाली टोल, पश्चिममा कोसी ब्यारेज, उत्तर र दक्षिणमा पुल तथा महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्मलाई कर्फ्यु लगाएको हो ।

कर्फ्यु आदेश तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाउने छैन ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट