संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनस् जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् ९पहिलो संशोधन० अध्यादेश २०८३ जारी गर्नका लागि पुनस् सिफारिस गर्ने निर्णय गरेको हो ।
यसअघि पनि योसहित विभिन्न ८ वटा अध्यादेश सिफारिस भएका थिए । तीमध्ये ७ वटा राष्ट्रपतिले जारी गरेका थिए भने संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका थिए । उक्त अध्यादेश जस्ताको तस्तै सिफारिस भएको हो ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया