Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

पूँजीगत लाभकर अन्तिम हुने


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा घोषण गरेको छ ।

सेयर कारोबारमा लाभ भएको अवसथामा लगानीकर्ताले तिर्ने पूँजीगत लाभकर तिरेपछि थप कर नलाग्ने घोषणा गरेको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आव २०८३/८४ को बजेट मार्फत सेयर कारोबारमा भएको लाभमा लाग्ने पूँजीगत लाभकर अन्तिम हुने घोषण गरेका हुन् ।

यस घोषणासँगै पूँजीगत लाभ कर तिरेको आय व्यक्तिको आयमा गणना हुने वा व्यक्तिगत आयकर सीमाभित्र पर्ने छैन ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट