नागरिक एपमा सबै सरकारी सेवा, सफ्टवेयर खरिद एकै स्थानबाट
काठमाडौं। सरकारले सरकारी निकायमा प्रयोग हुने सफ्टवेयर खरिद प्रक्रिया अब एकै निकायमार्फत गर्ने व्यवस्था मिलाउने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै नागरिक एपमा सबै सरकारी सेवा समावेश गरिने घोषणा गरेका हुन्। उनले नेपाललाई कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा आत्मविश्वासका साथ अघि बढाउन विशेष पहल सुरु गरिएको पनि बताए।
यसैगरी, तीन महिनासम्मको इन्धन भण्डारण सुनिश्चित गर्न ‘मातृभूमि कोष’ स्थापना गरिने भएको छ। साथै, एआई फ्याक्ट्री स्थापना गर्ने योजना पनि सरकारले अघि सारेको छ।
अर्थमन्त्री वाग्लेले विभिन्न शीर्षकमा छरिएर रहेका पूर्वाधार विकास कर तथा सडक मर्मत दस्तुरलाई एकीकृत गरिने जानकारी दिए। अब सरकारले ‘हरित कर’ का रूपमा राजश्व संकलन गर्ने नीति लिएको पनि उनले बताए।
क्याटेगोरी : समाचार













प्रतिक्रिया