सडक बालबालिकामुक्त नेपाल घोषणा
सरकारले नेपाललाई सडक बालबालिकामुक्त देश बनाउने घोषणा गरेको छ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले सडकमा रहेका बालबालिकालाई उद्धार गरी उनीहरूको संरक्षण, हेरचाह तथा पुनःस्थापनाका लागि विशेष कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।सरकारले सडकमा रहेका बालबालिकाको पहिचान गरी उनीहरूलाई सुरक्षित आवास, शिक्षा तथा सामाजिक पुनःएकीकरण सुनिश्चित गर्ने नीति अघि सारेको छ।
यो कार्यक्रमलाई राज्यको सामाजिक सुरक्षा र बालअधिकार संरक्षणतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया