औषधि आपूर्ति नगर्ने आपूर्तिकर्ताहरूमाथि कडा कदम चाल्ने सरकारको तयारी
काठमाडौं। औषधी आपूर्ति र व्यवस्थापनमा देखिएका विद्यमान असहजता हटाउन र यसका समस्याहरूको दीर्घकालीन समाधान पहिल्याउन औषधि व्यवस्था विभाग र मन्त्रालयका प्रतिनिधिबीच विशेष छलफल भएको छ।
बुधबार भएको बैठकमा विभिन्न माध्यमबाट प्राप्त भएका क्यान्सर विरुद्धका औषधि तथा इम्युनोसप्रेसेन्ट जस्ता संवेदनशील औषधीको आपूर्तिमा देखिएका समस्या, तिनको वास्तविक अवस्था र समाधानका उपायहरूबारे विस्तृत रूपमा छलफल भएको छ।
छलफलका क्रममा औषधि आपूर्तिको अनुमति पाएर पनि समयमै आपूर्ति नगर्ने आपूर्तिकर्ताहरूका विरुद्ध कसरी कानूनी वा व्यावहारिक रूपमा अगाडि बढ्ने भन्नेबारे सम्भावित सबै विकल्पहरूमाथि समीक्षा गरिएको छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया