Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

प्रधानमन्त्री बालेन्द्र शाहलक्षित राजेश हमालको टिप्पणी, देशको नेतृत्व तहको परिपक्वतामाथि प्रश्न


काठमाडौँ । महानायकका रूपमा परिचित वरिष्ठ अभिनेता राजेश हमालले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रियता र सीमा विवादका विषयमा एक गम्भीर स्टाटस लेख्दै देशको नेतृत्व तहको परिपक्वतामाथि प्रश्न उठाएका छन्।
अभिनेता हमालको यो अभिव्यक्ति केही दिनअघि प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‌मा दिएको एक वक्तव्यप्रति लक्षित रहेको रूपमा बुझिएको छ। हमालले आफ्नो स्टाटसमा नेपालको सीमा सम्बन्धमा चल्ने बहसहरूलाई बौद्धिक र कूटनीतिक रूपमा केलाउँदै ‘सीमापार अतिक्रमण’ क्रस बोर्डर अकुपेसन र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ स्टेट स्पोन्सर्ड टेरिटोरियल इन्क्रोचमेन्ट बीचको तात्विक भिन्नता प्रष्ट पारेका छन्।
हमालका अनुसार ‘सीमापार अतिक्रमण’ प्रायः सरकारभन्दा बढी स्थानीय नागरिक र भौगोलिक परिस्थितिसँग सम्बन्धित हुन्छ। नेपाल–भारत खुला सीमाका कारण दुवै देशका नागरिकहरू शताब्दीयौंदेखि व्यापार, खेतीपाती र सामाजिक सम्बन्धमा जोडिएको उल्लेख गर्दै उनले नदीहरूले धार परिवर्तन गर्नु, सीमा स्तम्भहरू हराउनु वा क्षतिग्रस्त हुनु र बस्तीहरू विस्तार हुनु जस्ता विषय रणनीतिक विस्तार नभएर प्रशासनिक र स्थानीय प्रकृतिका समस्या भएको बताएका छन्। यस्ता समस्याको समाधान आपसी संवाद, संयुक्त सर्वेक्षण र सहकार्यबाट सम्भव हुने उनको तर्क छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट