वायुसेवा निगमका सञ्चालक समिति सदस्य नियुक्ति प्रक्रिया स्थगित गर्न सर्वोच्चको निर्देशन
काठमाडौं । नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य छनोट प्रक्रिया अघि नबढाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले पर्यटन मन्त्रालय तथा नेपाल वायुसेवा निगमद्वारा गठन गरिएको छनोट समितिलाई हाललाई कुनै पनि प्रक्रिया अघि नबढाउन आदेश दिएको हो ।
प्रतिस्पर्धाबाट छानिएर नाम सूचीमा परे पनि अन्यायपूर्वक आफू छनोट हुन नसकेको दाबी गर्दै उपेन्द्रबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सोही निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले अन्तरिम आदेश जारी गरेको हो ।
सरकारले खुला प्रतिस्पर्धामार्फत निगमका अध्यक्ष र सञ्चालक समिति सदस्य छनोट गर्ने तयारी अघि बढाइरहेको अवस्थामा सर्वोच्चको यो आदेश आएको हो ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया