Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

विमानस्थलमा पासपोर्टमा ‘सर्त’ लेख्ने दुई अधिकृत हटाइए, उपत्यका बाहिर सरुवा


काठमाडौं । पर्यटक भिसामा संयुक्त अरब इमिरेट्स जाने यात्रुहरूको राहदानीमा कानुनविपरीत हस्तलिखित ‘सर्त’ लेख्ने दुई जना अध्यागमन अधिकृतलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट हटाइएको छ।

अध्यागमन विभागको छानबिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत टोपबहादुर खत्री र विमल पौडेलले यात्रुहरूको पासपोर्टमा “नट फर वर्क, ओन्ली भिजिट” तथा “युएई भ्रमण मात्र, रोजगारी निषेधित” जस्ता वाक्य लेखेर प्रस्थान अनुमति दिएको पुष्टि भएको हो।

यस्तै, केही पासपोर्टमा फर्किनुपर्ने मिति समेत उल्लेख गरिएको पाइएको छ, जुन प्रचलित अध्यागमन प्रक्रियाभन्दा बाहिरको अभ्यास हो।

घटनापछि चर्को आलोचना भएपछि विभागले दुवै अधिकृतलाई विमानस्थलबाट हटाएर उपत्यका बाहिर सरुवा गरेको छ। खत्रीलाई कोरला नाका र पौडेललाई हिल्सा नाका स्थित अध्यागमन कार्यालयमा खटाइएको छ।

अधिकारीहरूले कानुनविपरीत हस्तलिखित सर्त राख्दा नेपाली राहदानीको अन्तर्राष्ट्रिय विश्वसनीयतामा असर पर्न सक्ने भन्दै सरोकारवालाले आलोचना गरेका थिए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट