Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

हल्याण्डको निर्णायक गोलमा आइभरी कोस्ट पराजित, नर्वे अन्तिम १६ मा ब्राजिलसँग भिड्ने


काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत डलासमा सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अब नर्वेले क्वार्टरफाइनल प्रवेशका लागि ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ।

खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गर्दै नर्वेलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको आइभरी कोस्टले दोस्रो हाफमा खेलमा फर्किने प्रयास सफल बनायो।

आइभरी कोस्टका अमाद डियाल्लोले ७४औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए। त्यसपछि खेल अतिरिक्त समयमा धकेलिने संकेत देखिए पनि नर्वेका स्टार फरवार्ड एर्लिङ हल्याण्डले ८६औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए।

हल्याण्डको गोलपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा नर्वेले २–१ को नतिजासहित नकआउट चरणमा आफ्नो यात्रा जारी राख्न सफल भयो।

यसैबीच, अन्तिम ३२ अन्तर्गतका अन्य खेलमा आज राति २ः४५ बजे फ्रान्स र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, भोलि बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोर आमनेसामने हुने तालिका रहेको छ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट