दाँतको उपचारका लागि शिक्षण अस्पताल पुगे ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या भएपछि ओली बिहीबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गएका हुन् ।
अहिले उपचार भइरहेको जनाइएको छ ।
पित्तथैलीमा पत्थरी भएपछि यसअघि पनि उनले शिक्षण अस्पतालमा शल्यक्रिया गराएका थिए ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया