Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

युरोपियन टी–२० प्रिमियर लिगमा दीपेन्द्र सिंह ऐरी, एम्स्टरडम फ्लेम्सबाट खेल्ने


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) मा एम्स्टरडम फ्लेम्सबाट खेल्ने भएका छन्।

एम्स्टरडम फ्लेम्सले सामाजिक सञ्जालमार्फत ऐरीलाई टोलीमा अनुबन्ध गरेको घोषणा गरेको हो। उनी प्रतियोगितामा अष्ट्रेलियाका स्टार क्रिकेटर स्टिभ स्मिथ, मिचेल मार्शलगायत अन्तर्राष्ट्रिय चर्चित खेलाडीसँग एउटै टोलीबाट मैदान उत्रिनेछन्।

युरोपमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज आधारित ईटीपीएलमा नेदरल्यान्ड्स, आयरल्यान्ड र स्कटल्यान्डका फ्रेन्चाइज टोलीहरूबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताले विश्वस्तरीय खेलाडीसँगै उदीयमान प्रतिभालाई एउटै मञ्चमा ल्याउने अपेक्षा गरिएको छ।

ऐरीको अनुबन्धसँगै नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा उपस्थिति थप बलियो बनेको छ। पछिल्ला वर्षहरूमा उत्कृष्ट लयमा रहेका उनले राष्ट्रिय टोलीका लागि लगातार प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। अब उनी विश्व क्रिकेटका चर्चित खेलाडीसँग एउटै ड्रेसिङ रुम साझा गर्दै ईटीपीएलमा आफ्नो क्षमता प्रदर्शन गर्नेछन्।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट