Techie IT
KTM Post
शुक्रबार, २९ जेठ, २०८३

५ दिनमै फेरि बढ्यो अन्डाको मूल्य, क्रेटको कति ?


काठमाडौं । ५ दिनमै फेरि अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको समर्थन बिक्री मूल्यमा भोलि शुक्रबारदेखि लागु हुने गरी फेरि वृद्धि गरेको हो । संघले यसअघि २३ जेठदेखि लागु हुने गरी मूल्य तोकेको थियो ।

काठमाडौंमा सम्पन्न अन्डा उत्पादकहरूको भौतिक तथा भर्चुअल बैठकले उत्पादन लागत र बजार माग मध्यनजर गर्दै देशभरिका लागि चितवनलाई आधार मानी नयाँ मूल्य तय गरेको छ ।

नयाँ मूल्यसूची अनुसार सबै प्रकारका अन्डाको फार्म मूल्यमा प्रतिक्रेट १५ रुपैयाँ वृद्धि भएको छ । यसअघि २३ जेठमा लागु भएको दरमा ५ सय ६० रुपैयाँ रहेको एक्सएल अन्डाको मूल्य अहिले प्रतिक्रेट ५ सय ७५ रुपैयाँ पुगेको छ ।

त्यसैगरी ५ सय ४५ रुपैयाँ रहेको ठूलो अन्डाको मूल्य बढेर ५ सय ६० र ५ सय १५ रुपैयाँ रहेको मिडियम अन्डाको मूल्य बढेर ५ सय ३० कायम गरिएको छ ।

सानो अन्डाको मूल्यमा भने प्रतिपेटी २ सय रुपैयाँ वृद्धि भई ३ हजार २ सय पुगेको छ, जुन यसअघि ३ हजारमात्र थियो ।

अन्डाको फार्म मूल्य (थोक मूल्य) मा लगातार वृद्धि भए पनि उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा भने तत्काल कुनै परिवर्तन गरिएको छैन । उपभोक्ताले अझै पनि प्रतिगोटा २५ रुपैयाँमै अन्डा खरिद गर्न पाउनेछन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट