काभ्रे बस दुर्घटना : १७ जना घाइतेको धुलिखेल अस्पतालमा उपचार हुँदै
काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस शुक्रबार दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएका १७ जनाको उद्धार गरी धुलिखेल अस्पतालमा भर्ना गरिएको छ। अस्पतालमा उनीहरूको उपचार सुरु भइसकेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलमा उद्धार कार्य जारी रहेको छ। थप घाइतेहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया