Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता


काठमाडौं। काठमाडौं उपत्यकाका केही स्थानबाट प्रयोगविहीन तार हटाउने कार्य अगाडि बढेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयको अग्रसरतामा सो कार्य अगाडि बढेको हो।

त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, जडीबुटी, पेप्सीकोला, त्रिपुरेश्वर, लाजिम्पाट, सामाखुशी टाउन प्लानिङ ,गोँगबु, कीर्तिपुर तथा पुरानो बानेश्वर, गौशाला र चाबहिल क्षेत्रबाट उक्त तार हटाउन लागिएको छ ।

तार हटेपछि सहरी सौन्दर्यतामा अभिवृद्धि, सार्वजनिक सुरक्षाको सुनिश्चितता तथा सडक क्षेत्रमा हुने जोखिम न्यूनीकरण हुने विश्वास लिइएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट