Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

डिएभी स्कुलको चौथो तलाबाट खसेका विद्यार्थीको मृत्यु, घटनाबारे अनुसन्धान जारी


ललितपुर । ललितपुरको धोबीघाटस्थित डिएभी स्कुलको चौथो तलाबाट खसेका एक विद्यार्थीको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीय आर्यन सिंह रहेका छन् । ललितपुर प्रहरीले दिएको जानकारीअनुसार सिंह सोमबार दिउँसो करिब साढे १२ बजे विद्यालयको चौथो तलाबाट खसेका थिए ।

गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि सुमेरु सिटी अस्पताल लगिएको थियो । उपचारकै क्रममा साँझ करिब ६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

ललितपुर प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार प्रारम्भिक जानकारीअनुसार ती विद्यार्थीले विद्यालयको चौथो तलाबाट हाम फालेका हुन् । घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।

“घटनाको वास्तविकताबारे अनुसन्धान हुँदैछ । अन्य पक्षहरूबारे पनि थप अनुसन्धान गरिरहेका छौं,” प्रवक्ता मिश्रले भने ।

प्रहरीले मृतकको शव परीक्षण (पोष्टमार्टम) सम्पन्न गरी परिवारको जिम्मा लगाइसकेको जनाएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट