रमजानको अवसरमा साउदीले दियो ३३ नेपाली कैदीलाई आममाफी
काठमाडौं । साउदी अरेबियाले त्यहाँका कारागारमा रहेका ३३ जना नेपाली कैदीको सजाय माफ गरिदएको छ ।
साउदीले रमजानको अवसरमा उनीहरूको सजाय माफ गरिदिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाली कैदीलाई आममाफी दिएकोमा परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै साउदी सरकारप्रति आभार प्रकट गरेको छ ।
साउदी सरकारले देखाएको यस सद्भावलाई नेपालले उच्च कदर गर्ने विज्ञप्तिमा उल्लेख छ । रियादस्थित नेपाली दूतावासको अनुरोधपछि साउदीले ३३ जना नेपालीको कैद सजाय माफ गरिदिएको हो ।
“साउदी अरेबियाको कानुनी प्रक्रिया पूरा भएपछि कैदीहरू नेपाल फर्कनेछन्,” परराष्ट्र मन्त्रालयले भनेको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया