Techie IT
KTM Post
बुधबार, २४ असार, २०८३

विश्वकप २०२६ को क्वार्टरफाइनल समीकरण पूरा, यी हुन् अन्तिम आठमा पुग्ने टोलीहरू

यस्तो छ अबको खेल तालिका


काठमाडौं । फिफा विश्वकप २०२६ को क्वाटरफाइनलम समिकरण पूरा भएको छ । प्रि-क्वाटरफाइनल अन्तर्गत बुधबार विहान स्विट्जरल्यान्ड र कोलम्बियाबीचको खेल सकिएपछि अन्तिम आठमा पुग्ने ८ वटै टोलीको टुङ्गो लागेको हो । साथै क्वाटरफाइनलमा सबै टिमको प्रतिद्वन्दी पनि तय भइसकेको छ ।

क्वाटरफाइनलमा युरोपबाट सर्वाधिक ६ टिम पुग्दा दक्षिण अमेरिका र अफ्रिकाबाट १-१ टिम मात्र पुगेका छन् ।

कीर्तिमानी पाँच पटकको विजेता ब्राजिलसँगै तीनवटै आयोजक राष्ट्रहरु अमेरिका, मेक्सिको र क्यानडा भने अन्तिम १६ बाटै बाहिरिए । यस्तै क्रिस्टियानो रोनाल्डोको पोर्चुगल पनि अन्तिम १६ बाटै बाहिरियो ।

साविक विजेता अर्जेन्टिनासहित पुर्व विजेताहरु फ्रान्स, स्पेन र इंग्ल्यान्डले पनि अन्तिम ८ मा स्थान बनाएका छन् । अब एक दिनको ब्रेकपछि क्वाटरफाइनल चरणका खेलहरु सुरु हुनेछन् ।

क्वाटरफाइनलमा पुग्ने ८ टोलीहरूः

१. अर्जेन्टिना (इजिप्टलाई ३–२ ले हराउँदै)
२. नर्वे (पहिलो पटक क्वाटरफाइनलमा)
३. फ्रान्स (पाराग्वेलाई १–० ले पराजित गर्दै)
४. स्पेन (पोर्चुगललाई १–० ले हराउँदै)
५. इङ्गल्याण्ड (मेक्सिकोलाई ३–२ ले पराजित गर्दै)
६. बेल्जियम (अमेरिकालाई ४–१ ले हराउँदै)
७. स्विट्जरल्याण्ड (कोलम्बियालाई पेनाल्टीमा हराउँदै)
८. मोरक्को (अफ्रिकी महादेशको एकमात्र बाँकी प्रतिनिधि)

क्वाटरफाइनलका खेलहरु

फ्रान्स विरुद्ध मोरक्कोः जुलाइ १० मा १ः४५ बजे (नेपाली समय अनुसार) मोरोक्को र फ्रान्सबीच क्वाटरफाइनलको पहिलो खेल हुनेछ। लस एन्जलस स्टेडियममा हुने उक्त खेलमा फ्रान्सका कप्तान तथा स्टार खेलाडी एम्बाप्पेले मोरोक्कोको बलियो डिफेन्सको सामना गर्नेछ। यो खेल सन् २०२२ को सेमिफाइनलको रिम्याच जस्तै हुनेछ। सन् २०२२ को सेमिफाइनलेमा फ्रान्सले मोरोक्कोलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो।

बेल्जियम विरुद्ध स्पेनः क्वाटरफाइनलको दोस्रो खेल जुलाइ ११ मा १२:४५ बजे (नेपाली समयअनुसार) स्पेन र बेल्जियमबीच हुनेछ। चालु विश्वकपमा हालसम्म एक गोल पनि नबेहोरेको स्पेन र उच्च फर्ममा रहेको बेल्जियम मियमी स्टेडियममा भिड्नेछन्।

नर्वे विरुद्ध इंगल्याण्डः स्टार खेलाडी अर्लिङ्ग हाल्याण्डको टोली नर्वे र अर्का स्टार खेलाडी ह्यारी केनको टोली इंगल्याण्ड बीच जुलाइ १२ मा बोस्टोन स्टेडियममा प्रतिस्पर्धा हुनेछ। ५ पटक विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको नर्वेलाई, मेक्सिकोको आफ्नै गढमा पराजित गरेको इंगल्याण्डले टक्कर दिनेछ।

अर्जेन्टिना विरुद्ध स्विट्जरल्याण्डः क्वाटरफाइनलको अन्तिम खेल अर्जेन्टिना र स्विट्जरल्याण्डबीच हुनेछ। जुलाइ १२ कै दिन ६ः४५ (नेपाली समय) मा हुने उक्त खेलमा ७२ वर्षपछि क्वाटरफाइनलेमा प्रवेश गरेको स्वीस टोलीले स्टार खेलाडी लियोनल मेस्सीको टोलीको सामना गर्नेछ। उक्त खेल कान्सास सिटी स्टेडियममा हुनेछ।

यी खेलहरूमा विजयी हुने टाेली सेमिफाइनलमा प्रवेश गर्नेछन् भने पराजित टाेलीहरूकाे यस विश्वकपकाे यात्रा सामाप्त हुनेछ।

फ्रान्स भर्सेस मोरक्को, असार २६ गते विहान १:४५ बजे, बोस्टन स्टेडियम

स्पेन भर्सेस बेल्जियम, असार २७ गते विहान १२:४५ बजे, लस एन्जल स्टेडियम

नर्वे भर्सेस इंग्ल्यान्ड, असार २८ गते विहान २:४५ बजे, मायमी स्टेडियम

अर्जेन्टिना भर्सेस स्विट्जरल्यान्ड,असार २८ गते विहान ६:४५ बजे, कान्सास सिटी स्टेडियम

 

 

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट