Techie IT
KTM Post
बुधबार, २४ असार, २०८३

बिचौलिया भटूसँग देवव्रत जयवीरको अर्बौं करोडभन्दा बढीको शंकास्पद कारोबार


सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पुत्र जयवीर देउवालाई सात दिनभित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ। विभागले शंकास्पद वित्तीय कारोबारबारे थप विवरण बुझ्न आवश्यक परेको भन्दै मंगलबार सूचना प्रकाशित गरेको हो।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ अनुसार जारी सूचनामा बाटोको म्यादबाहेक सूचना प्रकाशित भएको मितिले सात दिनभित्र ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयको बी–ब्लकमा रहेको विभागमा उपस्थित हुन भनिएको छ। तोकिएको अवधिमा उपस्थित नभए प्रचलित कानुनअनुसार प्रक्रिया अघि बढाइने चेतावनी पनि सूचनामा उल्लेख छ।

विभागको प्रारम्भिक अनुसन्धानका क्रममा भट्टसँग जयवीरको अढाई करोड रुपैयाँभन्दा बढीको शंकास्पद वित्तीय कारोबार देखिएको जनाइएको छ। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार दुवै पक्षका कम्पनीबीच डेढदेखि दुई वर्षको अवधिमा वित्तीय लेनदेन भएको देखिएको छ। जयवीरको कम्पनीमा भट्टको लगानी रहेको विवरण पनि अनुसन्धानमा फेला परेको बताइएको छ।

अनुसन्धान अधिकारीहरूका अनुसार छानबिन अझै जारी रहेकाले थप तथ्य र प्रमाण संकलन भइरहेको छ। यसै क्रममा देउवाका साला भूषण राणाको पनि भट्टसँग शंकास्पद कारोबार रहेको विषय अनुसन्धानको दायरामा आएको जनाइएको छ।

यसबीच, जेन–जी आन्दोलनपछि देउवा दम्पती विदेशमा रहेको र उनीहरू हङकङमा रहेको अनुमान गरिएको छ। यसअघि राहदानी खरिद ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देउवापत्नी आरजु देउवालाई बयानका लागि सूचना जारी गरेको थियो। उनी उपस्थित नभएपछि अख्तियारले राहदानी विभागका महानिर्देशकसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो भने आरजुमाथि दोस्रो चरणको अनुसन्धान हुने बताइसकेको छ। अहिले जयवीरमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएसँगै देउवा परिवार थप दबाबमा परेको देखिएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट