Techie IT
KTM Post
बुधबार, २४ असार, २०८३

पूर्वगृहमन्त्री खाँण र रायमाझीसहित अधिकांश दोषी ठहर, सात जनाले पाए सफाइ


काठमाडौं । काठमाडौं जिल्ला अदालतले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा फैसला सुनाउँदै अधिकांश प्रतिवादीलाई दोषी ठहर गरेको छ भने सात जनालाई सफाइ दिएको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरसम्बन्धी मुद्दामा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, पूर्वमन्त्रीका सल्लाहकार डा. इन्द्रजीत राई, टेकनाथ रिजाल, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, गोविन्द चौधरी, सागर राई, शम्सेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेललाई दोषी ठहर गरेको हो।

यस्तै, टंककुमार गुरुङ, सन्दीप रायमाझी, रामशरण केसी, आशिष बुढाथोकी, लक्ष्मी महर्जन, केशव तुलाधर र प्रतिक थापालाई आरोप पुष्टि हुन नसकेको ठहर गर्दै अदालतले सफाइ दिएको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थीका रूपमा प्रस्तुत गरी अमेरिका पठाइदिने प्रलोभन देखाएर करोडौँ रुपैयाँ असुली गरिएको आरोपमा यो मुद्दा दायर भएको थियो। लामो अनुसन्धान र अदालती सुनुवाइपछि अदालतले बुधबार उक्त प्रकरणमा फैसला सुनाएको हो।

अब दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारण (सेन्टेन्सिङ) सम्बन्धी प्रक्रिया अदालतबाट आगामी चरणमा अघि बढाइनेछ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट