प्रधानमन्त्रीले उद्योगी-व्यवसायीलाई बोलाए मन्त्रिपरिषद् कार्यालय
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज (बुधबार) निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरूसँग छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे हुने छलफलमा उद्योग तथा व्यापार क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा विचारविमर्श हुने जनाइएको छ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालका अनुसार छलफलका लागि चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) लगायत निजी क्षेत्रका प्रमुख संस्थाका नेतृत्वकर्ता तथा पदाधिकारीलाई आमन्त्रण गरिएको छ।
उद्योगी–व्यवसायीहरूले बजेट सार्वजनिक हुनुअघि नै प्रधानमन्त्रीसँग भेटघाट गरी निजी क्षेत्रका समस्या, लगानी वातावरण र अर्थतन्त्रसँग सम्बन्धित विषयमा छलफल गर्न चाहेका थिए। सोही सन्दर्भमा आजको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया