फिफा विश्वकप : साउथ कोरिया र चेक रिपब्लिक भिड्दै
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार हुने दोस्रो खेलमा साउथ कोरिया र चेक रिपब्लिक आमनेसामने हुँदै छन्।
दुवै टोलीबीचको प्रतिस्पर्धा नेपाली समयअनुसार बिहान ७:४५ बजे मेक्सिकोको ग्वाडालजारा रंगशालामा सुरु हुनेछ। प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यसहित दुवै टोली मैदान उत्रनेछन्।
यसअघि सम्पन्न उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि २–० को सहज जित निकाल्दै विजयी सुरुआत गरेको थियो।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया