२२ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य २२ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ हजार २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ७५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४ हजार ९ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोलाको ५ हजार २० रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ










प्रतिक्रिया