Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

बोर्डको पाइपलाइनमा थपिए ४ कम्पनीको आईपीओ, कुन-कुनको ?


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा ४ कम्पनीको आईपीओ थपिएको छ। विभिन्न क्षेत्रका ४ कम्पनीले आईपीओ अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका हुन्। ती कम्पनीका डोलेश्वर भिलेज रिसोर्ट एन्ड फार्म हाउस, केटीएम हस्पिट्यालिटी, एसियन कन्क्रिटो र भगवती स्टिल इन्डस्ट्रिज छन्।

धितोपत्र बोर्डले अनुमति दिएमा डोलेश्वर भिलेजले १०० रुपैयाँ अंकित दरका कुल १६ लाख २० हजार कित्ता शेयर जारी गर्नेछ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

त्यस्तै केटीएम हस्पिट्यालीले पनि १०० रुपैयाँ अंकित दरका कुल १५ लाख ५० हजार कित्ता शेयर ल्याउनेछ। यो आइपीओको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।

उता धितोपत्र बोर्डले अनुमति दिएमा एसियन कन्क्रिटोले १०० रुपैयाँ अंकित दरका कुल १० लाख ६२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्नेछ। यो आइपीओको बिक्री प्रबन्धमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

त्यस्तै भगवती स्टिलले भने प्रिमियम मूल्यमा आइपीओ ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरमा १३३ रुपैयाँ प्रिमियम थपेर २३३ रुपैयाँ कुल १५ लाख कित्ता शेयर निष्कासन गर्नेछ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट