Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

पोसाकको रकम सम्बन्धित प्रहरीलाई नै दिने सोच बनाएका छौँ : गृहमन्त्री


काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरीको पोसाक सम्बन्धित व्यक्ति आफैँलाई खरिद गर्न दिने सोच बनाइएको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै पहिलेदेखि नै ट्रेन्डरमा समस्या भएको सुनिँदै आएको बताए ।

“जति रकम प्रहरीको पोसाकमा खर्च हुन्छ । त्यो रकम प्रहरीलाई नै दिने र उहाँ आफैँले खरिद गर्ने भन्ने सोच बनाएका छौँ,” उनले भने, “कुनै पनि विचौलियाले चलखेल नगरोस्, सुरक्षाकर्मीको पोसाकमा ।”

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट