Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

राहदानी छपाइ प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग अख्तियारले लियो बयान


काठमाडौं । राहदानी छपाइमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बयान लिएको छ । शुक्रबार श्रेष्ठसँग आयोगको मुख्यालय टंगालमा बयान लिएको हो ।

अनुसन्धान अधिकृतहरूले राहदानीको ठेक्का प्रक्रियाबारे श्रेष्ठसँग बयान लिएका हुन् ।पुष्कमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको मन्त्रिपरिषद्मा श्रेष्ठ २०८० फागुनमा परराष्ट्र मन्त्री बनेका थिए । श्रेष्ठ २०६८ मा पनि उपप्रधान तथा पराराष्ट्रमन्त्री थिए ।

राहदानी छपाइमा भएको अनियमितताबारे बयानमा आउन अख्तियारले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि बयानमा आउने ३ दिनको म्याद दिएको थियो । अख्तियारले असार २ मा पूर्वपरराष्ट्रमन्त्री देउवाको बुढानिलकण्ठ स्थित घर ठेगानामा म्याद टाँस गरेको भए पनि उनी उपस्थित भइनन् ।

भर्चुअल माध्यमबाट बयान गराउन सम्भव नभए उनले पठाएको इमेलको विवरण मिसिलमा राखेर विशेष अदालतमा अभियोग दायर गर्ने अख्तियारको तयारी छ ।

राहदानी छपाइ प्रकरणमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र पूर्व सचिव एवम् नेपालका लागी बेल्जियमका राजदूत सेवा लम्सालसँग पनि अख्तियारका अनुसन्धान अधिकृतहरूले बयान लिएका छन् । नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री हुँदा लम्साल पररारष्ट्र सचिव थिइन् । विद्युत्तिय राहदानीको टेण्डर प्रक्रिया हुँदा अहिलेका सचिव राई सह सचिवको रुपमा मन्त्रालयमा कार्यरत थिए ।

बेल्जियममा रहेकी लम्सालसँग भर्चुअल माध्यमबाट बयान लिइएको छ भन् विद्युतीय राहदानी प्रकरणमा अहिलेसम्म २५ जनाको बयान सकिएको छ ।

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट