Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

प्रतिनिधिसभाबाट सहकारी विधेयक पारित


काठमाडौं । प्रतिनिधिसभाबाट सहकारी विधेयक पारित भएको छ । आज बसेको बैठकमा भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रस्तुत गरेकी सहकारी पहिलो संशोधन विधेयक २०८३ बहुमतले पारित भएको हो ।

सहकारी क्षेत्रका समस्या समाधान गर्न सहकारी ऐन २०७४ संशोधन गरिएको मन्त्री रावलले जानकारी दिइन् । सहकारी बचत अपचलनमा संलग्नको सम्पत्ति जफत र ऋण असुलीमार्फत बचतकर्ताको रकम फिर्ता गरिने उनले बताइन् ।

यस्तै आजको बैठकले सम्पत्ति शुद्धीकरण र सार्वजनिक खरिद विधेयक पनि बहुमतले पारित गरेको छ ।

अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक सदनमा ल्याइएको हो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट