यी हुन् नयाँ बर्षमा घुम्न जाने १० ठाउँ
काठमाडौं । नेपालमा घुमफिर गरेर रमाइलो गर्नका लागि प्रशस्त ठाउँ छन् । पछिल्लो समय नेपालीहरु विदामा घुम्न जान थालेपछि धेरै गन्तव्यहरु तयार भएका छन् । सानो बजेटमा घुमफिर गर्न चाहानेहरुको रोजाइ चाँहि नेपालकै विभिन्न ठाउँहरु हुने गरेका छन् ।यी हुन् काठमाडौँबाट नजिक पर्ने गन्तव्यहरु
१) नगरकोटः काठमाडौंबाट नजिकै रहेको नगरकोट प्रमुख पर्यटकीय गन्तव्य हो । नगरकोटबाट राम्रा राम्रा दृश्यावलोकन गर्न पाइन्छ । यहाँ परिवारसँग गएर समय बिताउन पनि सकिन्छ । त्यस्तै,सूर्योदय र सूर्यास्त हेर्नका लागि पनि नगरकोट प्रख्यात रहेको छ ।
२) मिनी इलामः उपत्यकाबाट नजिक रहेको मिनी इलाम पनि पर्यटनको लागि महत्ब गन्तव्य हो । यस ठाउँलाई भोटेचौर भनेर चिन्ने गरेका छन् । काठमाडौँबाट ३८ किलोमिटर दुरीमा रहेको छ ।
३) चन्दागिरीः चन्दागिरी उपत्यकाबाट नजिक पर्ने गन्तव्य स्थल हो । धार्मिक र एतिहासिक महत्वको कारण चर्चित पर्यटकीय गन्तव्यको रुपमा अगाडी रहेको छ । चन्द्रगिरिमा केबलकार चल्न थालेपछि त्यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
४) धुलीखेलः काठमाडौंबाट नजिकै रहेको भक्तपुरको नगरकोट पनि छोटो विदाका लागि घुम्न जाने उत्कृष्ट गन्तव्य हो । यहाँ सानादेखि स्तरीय होटलहरु भएको हुँदा खान बस्नका लागि कुनै समस्या हुँदैन । यहाँबाट सेता हिमाल र प्राकृतिक दृश्यहरु अवलोकन गर्न पाइन्छ । सूर्योदय र सूर्यास्त हेर्नका लागि स्वदेशी तथा विदेशी नागरिकको भिड लाग्ने गर्छ ।
५)कालिञ्चोेकः काठमाडौंबाट सवारी साधनमा सहजै जान सकिने अर्को मनमोहक ठाउँ दोलखाको कालिञ्चोक हो । कालिञ्चोक भगवतीको मन्दिर भएकाले यो ठाउँ धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । मन्दिर परिसरबाट लाङटाङ, रोलवालिङ हिमशृंखला देख्न सकिन्छ ।
६) दामनः दामन पनि काठमाडौंबाट नजिकको गन्तव्य हो ।दामन मकवानपुर जिल्लामा पदर्छ । यहाबाट सगरमाथा लगायत हिम शृंखलाहरुको दृश्य देखन पाइन्छ । दामनको विशेषता के भने, यहाँबाट संसारकै १० अग्ला हिमालमध्ये ८ वटा हिमाल देख्न सकिन्छ ।
७) कुलेखानीः कुलेखानी मकवानपुर जिल्लामा पदर्छ । काठमाडौं उपत्यकाबाट फपिङ हुदै ४५ किलोमिटरको दुरीमा रहेको छ । यस ठाउँ काठको डुङगा र माछाको लागि प्रख्यात पर्यटनको रुपमा पर्दछ ।
८) नमोबुद्धः नमोबुद्ध पनि काभ्रेकै अर्को रमणीय पर्यटकीय स्थल हो । धुलिखेलबाट नजिक पर्छ । यहाँको मुख्य अवलोकन स्थल नमोबुद्ध गुम्बाको हो । यहाँबाट गौरीशंकर, लाङटाङ लगायतका हिमालहरूको मनोमोहक दृश्य पनि हेर्न सकिन्छ ।
९) सौराहाः जंगल सफारी, थारु संस्कृति अवलोकनका लागि चितवन निकै प्रख्यात छ । आकर्षणको केन्द्र चितवन राष्ट्रिय निकुञ्ज रहेको यो ठाउँमा खासगरी वाइल्ड लाइफमा रुचि हुनेहरु जाने गर्छन् । जंगल सफारीमा गैंडा र अन्य जनावर हेर्न सकिन्छ ।
१०) चित्लाङः सबैभन्दा छोटो दूरीमा कलंकीबाट चन्द्रगिरि हुँदै सजिलै पुग्न सकिन्छ चित्लाङ ।काठमाडौँबाट सबैभन्दा छोटो रूट करिब २८ किलोमिटरको दुरीमा चित्लाङ रहेको छ । थुप्रै ऐतिहासिक स्थलमध्येको अशोक चैत्य पनि यही छ ।
क्याटेगोरी : समाचार










प्रतिक्रिया