धुम्बाराहीबाट स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एक जना पक्राउ
काठमाडौं, असार ८ काठमाडौं महानगरपालिका–४ धुम्बाराही क्षेत्रबाट स्रोत नखुलेको ११ लाख रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका निवासी तथा नुवाकोटको ककनी गाउँपालिका–५ घर भएका ३९ वर्षीय समिर लामा रहेका छन्।प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले बा.प्र.०२–०६५ प ५७८८ नम्बरको स्कुटरमा सवार लामालाई आइतबार राति शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा उक्त रकमसहित नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएको नगदको स्रोत खुलाउन नसकेपछि लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ।घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा रकमको स्रोत, प्रयोग र सम्भावित सम्बन्धबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया