विष्णु पौडेल पक्राउपछि थप राजनीतिक व्यक्तिहरूलाई पनि समात्ने तयारी !
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) एकतामा निर्णायक मानिएका बिचौलिया दीपक भट्टसँग जोडिएको भनिएको आर्थिक कारोबार प्रकरणमा राजनीतिकवृत्त थप तातिएको छ । अनुसन्धानसँग सम्बन्धित स्रोतका अनुसार पूर्व अर्थमन्त्री तथा नेतासम्बन्धी व्यक्तिहरूलाई लक्षित गर्दै थप कारबाहीको तयारी भइरहेको दाबी गरिएको छ ।
स्रोतका अनुसार हालै विष्णु पौडेलसँग जोडिएको अनुसन्धान अघि बढेपछि पूर्व अर्थमन्त्री जनार्दन शर्मा, प्रचण्ड पुत्री गंगा दाहाल तथा केपी शर्माका साला तथा स्वकीय सचिव राजेश बज्राचार्यलाई पनि नियन्त्रणमा लिने तयारी भएको भनिएको छ । पाैडेललाई सनेमवार सुर्खेतमा नियन्त्रण लिइ सकिएकाे छ ।
यस प्रकरणमा पूर्व प्रधानमन्त्री केपीले साला राजेश र नेपाली कम्युनिस्ट पार्टीमा संयाेजक प्रचण्डले छाेरी गंगामार्फत आर्थिक कारोबार भएको भेटिएकाे दाबी पनि स्रोतहरूले गरेका छन्
अनुसन्धान प्रक्रिया चलिरहेकाले हालसम्म ठोस प्रमाण वा सरकारी विवरण सार्वजनिक नगरिएकाे बताइएकाे छ ।
यो विषयले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ । जहाँ दाबी, अनुमान र औपचारिक तथ्यबीचको स्पष्टता अझै बन्न बाँकी देखिन्छ ।
क्याटेगोरी : राजनीति












प्रतिक्रिया