Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

निर्माणाधीन पुल नजिक सडक भासिँदा हुलाकी राजमार्ग अवरुद्ध


काठमाडौं । सिरहाको औरही गाउँपालिका(५ स्थित गागन खोलाको निर्माणाधीन पुल भासिँदा हुलाकी राजमार्ग अवरुद्ध भएको छ । पुरानो पुलको छेउमा नयाँ पुल निर्माणका क्रममा जथाभावी माटो उत्खनन गरेका कारण सडक भासिएको हो । वर्षाले तीव्र कटान गर्दा सडकको भित्री भाग पूर्ण रूपमा खोक्रो बनेर सडक भासिएको छ ।

सडक भासिएसँगै दुर्घटनाको जोखिम बढेपछि अहिले सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ ।

बाहिरबाट सडक सामान्य देखिए पनि भित्रको माटो बगिसकेकाले जुनसुकै बेला थप भासिने र ठूलो दुर्घटना हुन सक्ने जोखिम रहेको जनाइएको छ । निर्माण कम्पनी र सम्बन्धित निकायको लापरबाहीका कारण यस्तो अवस्था आएको हो ।

गागन खोलामा ४० मिटर लामो पुल निर्माणका लागि २०८२ असार ४ गते ठेक्का सम्झौता भएको थियो । २०८४ असार ३ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कर्जन्हा नगरपालिका–५, सिरहास्थित जेबिएम जवाहर जेडी निर्माण कम्पनीले ८ करोड ६७ लाख ८१ हजार ४०७ रुपैयाँमा ठेक्का पाएको हो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट