Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

कालिञ्चोक दर्शन गरी फर्किँदै गरेको कार दुर्घटना हुँदा ६ जना घाइते


काठमाडौं । दोलखाको कालिञ्चोक माताको दर्शन गरी फर्किँदै गरेको कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । भीमेश्वर नगरपालिका–६ भुतपोखरी नजिकै बा १५ च १४९२ नम्बरको कार मंगलबार दिउँसो साढे २ बजेतिर आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १३ मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटना परी काठमाडौंको शंकरापुर नगरपालिका–२ का ६५ वर्षीय सन्त नासुर, उनकी श्रीमती ५५ वर्षीया राम्री नासुर, छोरी २२ वर्षीया अनिता नासुर, १२ वर्षीय सुजन नासुर, ८ वर्षीय सुजित नासुर र २२ वर्षीया सुनिता तामाङ घाइते भएको छन् ।

घाइतेमध्ये सन्त, अनिता, सुजन र सुजितको अवस्था मध्यम रहेको र उनीहरूको चरिकोटस्थित च्छोरोल्पा अस्पतालमा उपचार भइरहेको छ ।राम्री नासुर र सुनिता तामाङको अवस्था भने सामान्य रहेको छ ।

कार चालक काठमाडौंको शंकरापुर नगरपालिका–३ का २१ वर्षीय निरज तामाङलाई दोलखा प्रहरीले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट