Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम


काठमाडौं । सरकारले कीर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूलाई ५ दिनभित्र भवन खाली गर्न भनेको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आउँदो शुक्रवारसम्म भवन खाली गर्न भन्दै हिजो सूचना टाँसेको हो । होल्डिङ सेन्टरमा ६८ परिवारका २०३ जना बस्दै आएका छन् ।

सरकारले उनीहरूलाई राहतस्वरूप २५ हजार रुपैयाँ र ३ महिनाको घर भाडा बैंक खातामा उपलब्ध गराउने जनाएको छ । ३ महिनाका निम्ति तोकिएको घरभाडा रकम मासिक रूपमा किस्तावन्दीमा बैंक खातामा उपलब्ध गराइने सूचनामा उल्लेख छ ।

गएको वैशाख १२, १३, १८, १९ र २० गते काठमाण्डौ उपत्यकाका नदी किनाराका जोखिमयुक्त बस्तीहरू हटाइएको थियो । बस्तीहरू हटाइएपछि २ हजार ६०८ जनाले नाम दर्ता गराएका छन् ।

यो सूचनापछि होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासी चिन्तित बनेका छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट