देशभर १ लाख ३७ हजार हेक्टर जमिनमा रोपाइँ
काठमाडौं । देशभर अहिलेसम्म १ लाख ३७ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । कृषि विभागले देशभर झन्डै १० प्रतिशत धान रोपाइँ भएको जनाएको हो । गएको वर्षको तुलनामा असार पहिलो हप्तासम्म रोपाइँ ०.४ प्रतिशतले बढेको छ ।
देशभर झन्डै १३ लाख ८१ हजार हेक्टर जमिनमा रोपाइँ हुने गर्छ । अस्ति असार ८ गतेसम्म सबैभन्दा धेरै कर्णाली प्रदेशमा २२.८ प्रतिशत र बागमती प्रदेशमा २.३ प्रतिशत रोपाइँ भएको छ । मधेश प्रदेशमा झन्डै ५ प्रतिशतमात्र रोपाइँ भएको छ । धान उत्पादन तथा क्षेत्रफलका हिसाबले यो क्षेत्र महत्त्वपूर्ण मानिन्छ ।
विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार मनसुन अलि ढिला सक्रिय भएको र रोपाइँका लागि अहिलेसम्म आवश्यक पर्याप्त पानी नपरेकाले रोपाइँ धमाधम हुन सकेको छैन । मौसम अनुकूल नहुनु, मलको अभावजस्ता मुख्य समस्याले कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको छ ।
आउँदो सोमवार असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ । विभागले यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ नारा तय गरेको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया