Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख बिगो दाबी


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान फेरेको आरोपमा एकजना व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले विकास कुमार चापागाईविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा चापागाईसँग ५० लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

वादी नेपाल सरकार प्रतिवादी झलकराम अधिकारीसमेत भएको भ्रष्टाचार मुद्दामा अख्तियारले चापागाईलाई साक्षी बनाएको थियो । तर, उनले अदालतमा गएपछि बयान फेरेको आरोप अख्तियारले लगाएको छ ।

अख्तियारले उनलाई यसअघि सजायको मागदाबीमा पूर्ण रूपमा छुट दिई सरकारी साक्षीका रूपमा अदालतमा पेस गरेको थियो ।

चापागाईले विशेष अदालतमा गत जेठ १३ गते बकपत्र गर्दा आयोगमा अनुसन्धानको क्रममा गरेको बयान तथा मिसिल संलग्न प्रमाण कागजहरूको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएकोले उनीविरुद्ध मुद्दा चलाउनुपरेको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट