Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

गायिका अलका याग्निकलाई प्रतिष्ठित पद्मभूषण पुरस्कार


काठमाडौं । चर्चित पार्श्व गायिका अलका याग्निकले प्रतिष्ठित पद्मभूषण पुरस्कार प्राप्त गरेपछि खुशी र कृतज्ञता व्यक्त गरेकी छन्।सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत प्रतिक्रिया दिँदै उनले सम्मानप्रति आभार व्यक्त गर्नुका साथै पछिल्ला दुई वर्षमा भोग्नुपरेको स्वास्थ्य समस्याबारे पनि खुलाएकी छन्।

अलका याग्निकले लेखेकी छन्, “विगत दुई वर्षदेखि म सार्वजनिक कार्यक्रम, मिडिया र व्यक्तिगत यात्रा साझा गर्ने कामबाट टाढा रहेँ। यो अवधिमा मैले कठिन स्वास्थ्य अवस्थासँग संघर्ष गरें, तर मेरा प्रशंसकहरूको माया, प्रार्थना, सन्देश र निरन्तर साथले मलाई हरेक कदममा बल दियो।”

उनले पद्मभूषणलाई आफ्नो जीवनकै ठूलो सम्मानमध्ये एक भएको बताउँदै यो उपलब्धि आफ्ना श्रोता र समर्थकहरूलाई समर्पित गरेकी छन्।उनले भनिन्, “देशको सर्वोच्च नागरिक सम्मानमध्ये एक पद्मभूषण प्राप्त गर्नु मेरा लागि अत्यन्त गौरव र विनम्रताको विषय हो। यो सम्मान मेरो मात्र होइन, ती लाखौं श्रोताहरूको पनि हो, जसले मेरो आवाजलाई आफ्नो जीवनको हिस्सा बनाए, मेरा गीतलाई पुस्तादेखि पुस्तासम्म पुर्‍याए र सुख-दुःख दुवै समयमा मलाई साथ दिए।”

मंगलबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले पद्म पुरस्कार–२०२६ प्रदान गरेकी थिइन्।करिब दुई वर्षअघि अलकाले आफूलाई ‘सेन्सोरिन्युरल हियरिङ लस’ भएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्। यो श्रवण क्षमतामा असर पार्ने एक प्रकारको स्वास्थ्य समस्या हो, जसका कारण उनी केही समय सार्वजनिक जीवनबाट टाढा रहेकी थिइन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट