Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

सामान्य वर्षामै जलमग्न लहानको मुख्य चोक, सर्वसाधारणलाई सास्ती


काठमाडौं । सिरहाको लहानस्थित बजार क्षेत्रको सडक जलमग्न भएको छ । सामान्य वर्षामै मुख्य सडक जलमग्न हुँदा व्यापारी र सर्वसाधारणलाई सास्ती भएको छ ।

लहान नगरपालिका–१ अन्तर्गत पूर्व–पश्चिम राजमार्गदेखि पशुपति माध्यमिक विद्यालय जाने मुख्य सडकमा वर्षापछि पानी जमेको छ ।

सडक जलमग्न भएपछि पैदल यात्रु, विद्यार्थी, सवारी चालक तथा स्थानीय व्यवसायीलाई आवतजावतमा कठिनाइ भइरहेको छ । सडकभरि पानी जम्दा कतिपय स्थानमा रहेका खाल्डाखुल्डी नदेखिने भएकाले दुर्घटनाको जोखिम पनि बढेको जनाइएको छ ।

जम्नुको मुख्य कारण लामो समयदेखि नाला सरसफाइ नहुनु हो । यो प्रत्येक वर्ष दोहोरिने समस्या हो । नाला नियमित रूपमा सफा नहुँदा पानीको निकास हुन पाउँदैन । पानी जमेपछि नालाको फोहोर पानी सडकमा निस्किने र दुर्गन्ध फैलिने गरेको जनाइएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट