Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

भक्तपुरमा बर्डफ्लु पुष्टि, ४८ हजारभन्दा बढी कुखुरा नष्ट


काठमाडौं । भक्तपुरका विभिन्न कुखुरा फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भएपछि ४८ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ।

पशु सेवा कार्यालयका अनुसार चाँगुनारायण र सूर्यविनायक नगरपालिकास्थित फार्महरूमा बर्डफ्लु देखिएपछि संक्रमण नियन्त्रणका लागि कुखुरा नष्ट गर्ने कार्य गरिएको हो।पशु चिकित्सक डा. अमिक श्रेष्ठका अनुसार चाँगुनारायण नगरपालिका–२, ८ र ९ मा रहेका फार्मबाट ३८ हजार ७९५ वटा कुखुरा नष्ट गरिएको छ।

त्यस्तै, सूर्यविनायक नगरपालिका–१, ४ र ८ का फार्ममा बर्डफ्लु पुष्टि भएपछि ९ हजार ३७८ वटा कुखुरा नष्ट गरिएको उनले जानकारी दिए।हालसम्म जिल्लाभर कुल ४८ हजार १७३ वटा कुखुरा नष्ट गरिएको जनाउँदै डा. श्रेष्ठले संक्रमण फैलिन नदिन प्रभावित फार्मका सम्पूर्ण कुखुरा नष्ट गरिएको बताए।

सम्बन्धित निकायले प्रभावित क्षेत्रमा निगरानी बढाउनुका साथै किसानलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट