Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

रास्वपा पदाधिकारीको मतदान राति सवा ९ बजेदेखि


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पदाधिकारीका लागि आज राति सवा ९ बजेदेखि मतदान शुरू हुने भएको छ ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाको पाँचौँ संशोधनअनुसार बेलुका साढे ६ बजेदेखि ७ बजेसम्म पदाधिकारीका लागि फारम वितरण तथा दर्ता हुनेछ ।

त्यस्तै साढे ७ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित हुनेछ । पौने ९ बजे अन्तिम नामावली प्रकाशित हुनेछ भने त्यसपछिको आधा घण्टा मौन अवधि रहनेछ ।

सवा ९ बजेदेखि मध्यराति सवा १२ बजेसम्म मतदान हुने छ । भोलि बिहान साढे १ बजे मतपरिणाम घोषणा हुने कार्यतालिकामा उल्लेख छ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट