विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
काठमाडौं । रास्वपा महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएकी रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएर विपिन आचार्यलाई समर्थन गरेको घोषणा गरेकी छन् । आज महाधिवेशन स्थल चितवनमा पत्रकारहरुमाझ रञ्जुले सो घोषणा गरेकी हुन् ।
यसअघि महामन्त्रीमा उम्मेदवार बनेका गणेश पराजुली, प्रमोद न्यौपाने र कविन्द्र बुर्लाकोटीले पनि आचार्यलाई समर्थन गर्दै महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएका थिए ।
यसअघि, शिशिर खनाल र जगदीश खरेलले पनि महामन्त्री उम्मेदवारको दावेदारी छाडेका थिए । यस्तै, महामन्त्रीमा उठेको बताएका राजुनाथ पाण्डेले पनि अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएको जनाएका छन् ।
अब यो समाचार तयार पार्दासम्म महामन्त्रीमा विपिन आचार्यसँगै मनिष झा, सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा हुने छ ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया