Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज साँझ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण आज साँझ हुने भएको छ।

महाधिवेशन आयोजक समितिले जारी गरेको सूचनाअनुसार नवनिर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम आज साँझ ६:३० बजे महाधिवेशनस्थलको हलमा आयोजना गरिनेछ।

आयोजकले शपथग्रहण कार्यक्रममा सहभागी हुन सबै निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई अनुरोध गरेको छ। रास्वपाको आइतबारदेखि महाधिवेशन सुरु भएकामा पदाधिकारीको निर्वाचन सकेर आजै शपथ हुन लागेको हो ।

 

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट