रास्वपाको महाधिवेशनले चितवनमा आर्थिक बहार, एक सातामै ५० करोडको कारोबार दाबी
चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय चलायमान बनाएको छ। महाधिवेशनका कारण एक साताको अवधिमा जिल्लामा ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजक पक्षको दाबी छ।
देशभरबाट आएका प्रतिनिधि, पर्यवेक्षक र समर्थकका कारण भरतपुर, सौराहा तथा गैँडाकोटका होटलहरू भरिएका थिए। होटल, रेष्टुरेन्ट, यातायात, पर्यटनसँगै कृषि उत्पादनको बिक्रीसमेत उल्लेखनीय रूपमा बढेको व्यवसायीहरूले बताएका छन्।
आयोजकका अनुसार करिब २० करोड रुपैयाँ आवासमा खर्च भएको छ भने पार्टीले मात्रै खानापान व्यवस्थापनमा ४ करोड रुपैयाँभन्दा बढी खर्च गरेको जनाएको छ। जिल्ला ट्राफिक प्रहरीका अनुसार महाधिवेशनका क्रममा बाहिरी जिल्लाबाट करिब २,२०० सवारीसाधन चितवन भित्रिएका थिए।
व्यवसायीहरूले रास्वपाको पहिलो महाधिवेशनले चितवनको व्यापार, पर्यटन र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पारेको बताएका छन्।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया