Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

रास्वपा पदाधिकारी छान्ने मतदान सकियो : दुई तिहाइ प्रतिनिधिले मतदान नै गरेनन्


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारीका लागि भएको मतदान केही समय अगाडी सकिएको छ ।

तोकिएको समय सकिएसँगै मतदान सम्पन्न भएको हो । मतदानमा १२८९ मत खसेको निर्वाचन आयोग स्रोतले जनाएको छ ।

रास्वपा केन्द्रीय सदस्यमा २ हजार ९५९ मत खसेको थियो । अधिवेशन लम्बिएर प्रतिनिधिहरू मतदान नगरी फर्किएपछि पदाधिकारीमा मतदान गर्नेको संख्या न्यून देखिएको हो ।

केन्द्रीय सदस्यको भन्दा १ हजार ६ सय ७० जना कम प्रतिनिधिले पदाधिकारीका लागि मतदान गरेका हुन् ।

आजै केहीबेरमा पदाधिकारीको नतिजा सार्वजनिक गरिने बताइएको छ ।

गत असार ७ गतेदेखि जारी महाधिवेशन आज समापन गर्ने तयारी रास्वपाको छ ।

५ जना पदाधिकारीका लागि निर्वाचन भएको हो ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट