Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

एमालेसँग तत्काल सहकार्य हुन्छ : प्रचण्ड


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग तत्काल सहकार्य गरिने बताएका छन् ।

मोरङको विराटनगरमा आज पार्टीको कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले एमालेसँग तत्काल एकता नभए पनि सडकदेखि सदनसम्म कार्यगत एकता गरेर अघि बढ्ने बताउएका हुन् । साथै उनले पालिका र प्रदेश तहको आउँदो चुनावमा एमालेसँग सहकार्यको सहमति हुनेगरी छलफलमा रहेको बताएका छन् ।

प्रचण्डले वामपन्थी शक्तिहरू मिल्दा मात्रै वैकल्पिक शक्ति निर्माणको आधार तयार हुने उल्लेख गरे । देशको नेतृत्व फेरि पनि कम्युनिस्ट शक्तिले नै गर्न सक्ने उनले दाबी गरे ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट