Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

फिफा विश्वकप : राउन्ड अफ ३२ को समीकरण पूरा, कुन–कुन टोलीबीच हुनेछ प्रतिस्पर्धा ?


काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणका खेल पूरा भएका छन् । आइतबार अर्जेन्टिना र जोर्डन तथा अल्जेरिया र अस्ट्रियाबीचको खेल सकिएसँगै समूह चरणका खेल पूरा भएका हुन् ।

समूह जे का दुई खेलहरु सम्पन्न भएसँगै समूह चरणका सम्पूर्ण खेलहरु सकिएका हुन्। योसँगै राउन्ड अफ ३२ को समीकरण पनि पूरा भएको छ।

यस विश्वकपमा ४८ राष्ट्र सहभागी थिए । ४८ मध्ये ३२ राष्ट्र नकाउट चरण (राउन्ड अफ ३२) मा प्रवेश गरेका छन् । दुई पटकको विजेता उरुग्वे समूह चरणबाटै बाहिरियो भने पहिलोपटक विश्वकप खेलेको केप भर्डले अन्तिम ३२ मा स्थान बनायो।

कुन–कुन टोली पुगे राउन्ड अफ ३२ मा ?

१) मेक्सिको
२) साउथ अफ्रिका
३) स्विट्जरल्यान्ड
४) क्यानडा
५) बोस्निया एन्ड हर्जगोभिना
६) ब्राजिल
७) मोरक्को
८) अमेरिका
९) अस्ट्रेलिया
१०) पाराग्वे
११) जर्मनी
१२) आइभरी कोस्ट
१३) इक्वेडर
१४) नेदरल्यान्ड्स
१५) जापान
१६) स्विडेन
१७) बेल्जियम
१८) इजिप्ट
१९) स्पेन
२०) केप भर्डे
२१) फ्रान्स
२२) नर्वे
२३) सेनेगल
२४) अर्जेन्टिना
२५) कोलम्बिया
२६) पोर्चुगल
२७) डीआर कंगो
२८) इङ्ल्यान्ड
२९) क्रोएसिया
३०) घाना
३१) अस्ट्रिया
३२) अल्जेरिया

कुन–कुन टोलीबीच हुनेछ प्रतिस्पर्धा ?

दक्षिण अफ्रिका र क्यानडा
ब्राजिल र जापान
जर्मनी र पाराग्वे
नेदरल्यान्ड्स र मोरक्को
आइभरी कोस्ट र नर्वे
फ्रान्स र स्विडेन
मेक्सिको र इक्वेडर
इंग्ल्यान्ड र डीआर कंगो
बेल्जियम र सेनेगल
अमेरिका र बोस्निया एन्ड हर्जगोभिना
स्पेन र अष्ट्रिया
पोर्चुगल र क्रोएसिया
स्विट्जरल्यान्ड र अल्जेरिया
अष्ट्रेलिया र इजिप्ट
अर्जेन्टिना र केप भर्ड
कोलम्बिया र घाना

राउण्ड अफ ३२
असार १५ गते (जुन २९)
समूह ए को उपविजेता भर्सेस समूह बी को उपविजेता बिहान १२:४५ बजे (दक्षिण अफ्रिका भर्सेस क्यानडा)
समूह सी को विजेता भर्सेस समूह एफको उपविजेता राती २२:४५ बजे (ब्राजिल भर्सेस जापान)

असार १६ गते (जुन ३०)
समूह इ को विजेता भर्सेस समूह डी को तेस्रो टोली विहान २:१५ बजे (जर्मनी भर्सेस पाराग्वे)
समूह एफको विजेता भर्सेस समूह सी को उपविजेता विहान ६:४५ बजे (नेदरल्यान्ड्स भर्सेस मोरक्को)
समूह इ को उपविजेता भर्सेस समूह आइको उपविजेता राती १०:४५ बजे (आइभरी कोस्ट भर्सेस नर्वे)

असार १७ गते (जुलाई १)
समूह आईको विजेता भर्सेस समूह एफ को तेस्रो टोली विहान २:४५ बजे (फ्रान्स भर्सेस स्वीडेन)
समूह ए को विजेता भर्सेस समूह इ को तेस्रो टोली विहान ६:४५ बजे  (मेक्सिको भर्सेस  इक्वेडर)

समूह एलको विजेता भर्सेस समूह के को तेस्रो टोली राती ९:४५ बजे (इंग्ल्यान्ड भर्सेस डीआर कंगो)

असार १८ गते (जुलाई २)
समूह जी को विजेता भर्सेस समूह आई को तेस्रो टोली विहान १:४५ बजे (बेल्जिया भसेस सेनेगेल)
समूह डी को विजेता भर्सेस समूह बी को तेस्रो टोली विहान ५:४५ बजे (अमेरिका भर्सेस बोस्निया)

असार १९ गते (जुलाई ३)
समूह एचको विजेता भर्सेस समूह जे को उपविजेता मध्यराति १२:४५ बजे (स्पेन भर्सेस अस्ट्रिया)
समूह के को उपविजेता भर्सेस समूह एलको उपविजेता विहान ४:४५ बजे (पोर्चुगल भर्सेस क्रोएसिया)
समूह बी को विजेता भर्सेस समूह जे को तेस्रो टोली विहान ८:४५ बजे (स्वीट्जरल्यान्ड भर्सस अल्जेरिया)
समूह डी को उपविजेता भर्सेस समूह जी को उपविजेता राती ११:४५ बजे (अस्ट्रेलिया भर्सेस इजिप्ट)

असार २० गते (जुलाई ४)
समूह जे को विजेता भर्सेस समूह एचको उपविजेता विहान ३:४५ बजे (अर्जेन्टिना भर्सेस केप भर्डे)
समूह के को विजेता भर्सेस समूह एल को तेस्रो टोली विहान ७:१५ बजे (कोलम्बिया भर्सेस घाना)

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट