नेपाल विद्युत प्राधिकरणमा नयाँ प्रयोगको थालनी, अब चालु लाईनमै मर्मत सम्भार कार्य हुने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु लाईनमानै मर्मत सम्भार गर्ने कार्यको थालनी गरेको छ । प्राधिकरणले लुम्बिनी प्रादेशिक कार्यालयबाट यस्तो कार्यको थालनी गरेको हो ।
पाल विद्युत् प्राधिकरण कायम मुकायम कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठको उपस्थितिमा लुम्बिनी प्रादेशिक कार्यालयबाट यसको थालनी गरेको प्राधिकरणले जानकारी दिएको छ ।
विद्युत् आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले चालु लाइनमै मर्मत–सम्भार गर्ने कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनेगरी नमुना कार्यको रुपमा सुरुवात भएको हो ।
नमुना कार्यका रुपमा बुटवल उपमहानगरपालिका–११, कालिकानगरमा रहेको ११ केभी लाइनको मर्मत गरी कार्य प्रारम्भ गरिएको हो । नेपाल विद्युत प्राधिकरण कायम मुकायम कार्यकारी निर्देशक श्रेष्ठ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप–कार्यकारी निर्देशक नवराज ओझा, लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख यादव बुटवल ग्रिड महाशाखा प्रमुख अनिल बन्जाडेसँगै विभिन्न वितरणका केन्द्र प्रमुखहरू, आयोजना प्रमुखहरुको उपस्थितिमा तालिम प्राप्त कर्मचारीले अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरी मर्मत सम्भार कार्यको प्रयोग गरि चालु लाइनको मर्मत कार्य गरेका थिए ।
भविष्यमा अत्याधुनिक मर्मत उपकरणकाे प्रयोग गरि मर्मत सम्भार कार्यकाे प्रयोग गरि लाईन मर्मत सम्भार गर्न सकेको खण्डमा मर्मत कार्यमा गर्नु पर्ने अनिवार्य लाईन कटौतीमा कमी आई उपभोक्ताहरुले नियमित र थप भरपर्दो विद्युत सुविधा प्राप्त गर्ने अपेक्षा प्राधिकरणले गरेको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया