लाइभ लाइन मर्मत प्रणालीको सुरुवात
नेपाल विद्युत् प्राधिकरणले नेपालमै पहिलोपटक बिजुली नकाटी विद्युत् लाइन मर्मत गर्ने ‘लाइभ लाइन मर्मत’ प्रणालीको सुरुवात गरेको छ।
लुम्बिनी प्रदेश कार्यालयबाट सुरु गरिएको यो प्रविधिअन्तर्गत विशेष सुरक्षा उपकरणको प्रयोग गरी चलिरहेको विद्युत् लाइनमै मर्मत सम्भार गरिएको हो। पहिलो परीक्षणका रूपमा बुटवल–११ को कालिकानगर क्षेत्रमा ११ केभी लाइन सफलतापूर्वक मर्मत गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार यो प्रविधि प्रभावकारी भए क्रमशः अन्य क्षेत्रमा पनि विस्तार गरिनेछ। यसबाट मर्मतका नाममा हुने लोडसेडिङ वा योजनाबद्ध विद्युत् कटौती घट्ने र उपभोक्ताले निरन्तर तथा गुणस्तरीय विद्युत् सेवा पाउने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया