भेनेजुएला भूकम्पपछि २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त
भेनेजुएलामा बुधवार गएको दुई ठूला भूकम्पपछि २४ वटा देशले मानवीय सहायता, विशेष उद्धार टोली र हजारौं आपतकालीन प्रतिक्रियाकर्मी पठाएर सहयोग गरेका छन् ।
आज टेलिग्राममा पोस्ट गरेको विज्ञप्तिमा भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तर्राष्ट्रिय समुदायले अहिलेसम्म ५ सय २१ टन राहत सामग्री, ८६ वटा विशेष कुकुर र दुई हजार ७ सय भन्दा बढी खोज, उद्धार तथा प्राविधिक सहयोगकर्मी पठाएको उल्लेख छ ।
ति टोलीले भेनेजुएलाको टोलीसँग मिलेर विपद् व्यवस्थापनमा काम गरिरहेका छन् । भेनेजुएलाले दिएको पछिल्लो आधिकारिक जानकारी अनुसार भूकम्पबाट एक हजार ४ सय ३० जनाको ज्यान गएको पुष्टि भएको छ । तीन हजार २ सय ३८ जना घाइते भएका छन् भने तीन हजार १ सय ४२ परिवार घरबारविहीन भएका छन् ।
५० हजार जना भन्दा धेरै मानिस वेपत्ता रहेका अनुमान् छ । उद्धार टोलीहरूले बाँचेकाहरूको खोजी जारी राखेका छन् तर महत्वपूर्ण उद्धार समय सकिँदै गएको छ । उपकरणको अभाव र निरन्तरको पराकम्पनले खोजी कार्यमा बाधा पुगेको छ । बुधवार ७ दशमलव २ र ७ दशमलव ५ म्याग्निच्युडका दुई ठूला भूकम्प गएपछि पटक–पटक साना ठूला पराकम्पनहरू गएका छन् ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया