Techie IT
KTM Post
मंगलबार, १६ असार, २०८३

सुस्ता बचाऊ युवाको आन्दोलन


काठमाडौँ । नवलपरासीको सुस्ताका बासिन्दाले आफ्ना माग सम्बोधन नभएको भन्दै काठमाडौंकेन्द्रित आन्दोलन गर्ने घोषणा गरेका छन्।

‘सुस्ता बचाऊ अभियान’ र ‘सुस्ता बचाऊ युवा अभियान’ ले पत्रकार सम्मेलन गर्दै नागरिकता, भूमि अधिकार र सीमा सुरक्षाजस्ता मुद्दामा सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्।

अभियानका अध्यक्ष आलम खाँले सुस्ताबासी नागरिकताविहीन भएर बस्नुपरेको गुनासो गर्दै सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको दबाब बढ्दै गएको बताएका छन्।युवा अभियानका अध्यक्ष योगेन्द्र गौतमले भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा हस्तक्षेप गर्दा समेत सरकार मौन रहेको भन्दै असन्तुष्टि जनाए।

उनका अनुसार सुस्तामा करिब १२० घरधुरीमध्ये झन्डै १०० युवा अझै नागरिकताविहीन छन्, जसका कारण उनीहरू शिक्षा, रोजगारी र बैंकिङ सेवाबाट वञ्चित छन्।

सुस्ताबासीले तत्काल नागरिकता वितरण, जग्गाको नापजाँच गरी लालपुर्जा उपलब्ध गराउने, सीमा सुरक्षा कडा बनाउने तथा आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न माग गरेका छन्।उनीहरूले साउन पहिलो सातादेखि राजधानीमा आन्दोलन गर्दै सिंहदरबार घेर्ने चेतावनी दिएका छन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट